Home गृहपृष्ठ राष्ट्रिय प्रचण्डमाथि जुत्ता प्रहार गर्ने को हुन रतन ?

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने को हुन रतन ?

0
47

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ ।

उनका बुबा ०५६\५७ मा राज्यपक्षबाट मारिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्रहरी अधिकारीले बताए । हाल उनी डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी अहिले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ ।

उनलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here