काठमाडौं । जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैदसहति एक लाख जरिवाना र उपचार खर्च भराउन फैसला सुनाएको छ ।
अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज अमरपूर्वन–६ का केशरीविरुद्ध उक्त फैसला सुनाएको हो।
कंसाकारको अनुहारमा एसिड छ्यापेर भागेका केशरीलाई ६ वर्षपछि बारा प्रहरी कार्यालयले गत कार्तिक १४ पक्राउ गरिएको थियो । त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरेको थियो।