अभिनेत्री अशिष्मा नकर्मी गायनतर्फ

काठमाडौं । विवाहपछि चलचित्रमा नदेखिएकी अभिनेत्री अशिष्मा नकर्मी गायनतर्फ लागेकी छन् । सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागार्इंको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको गीत ‘कोही भन्छन् मलाई स्वर्गकी परी…’गीत अशिष्माले गाएकी छन् । यो गीतको नयाँ भिडियो तयार पारेर ल्याइएको छ । गीतको भिडियो निर्देशन पनि गीतकार शान्तिप्रियले नै गरेका हुन् । नृत्यकलाकार सुशीला थापाको यो गीतमा नृत्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *