काठमाडौंको ढुंगाअड्डामा ट्रकले एक दर्जन सवारी साधनलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् ।

घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
ट्रकले करिब एक दर्जन सवारी साधनलाई ठक्कर दिएको प्रहरीले जनाकारी दिएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ब्रेकफेल भएको ट्रकले एउटा स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा कार र स्कुटरलाई ठक्कर दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *