काठमाडौंकोमा एसिड आक्रमण

0
225

काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एक युवकले एसिड आक्रमण गरेका छन्।

गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेलले आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेको र १५ वर्षीया सालीले रोक्न खोज्दा उनीमाथि पनि एसिड प्रहार भएको प्रहरीले बताएको छ।

एसिडका कारण अनुहारमा असर भएकाले उनीहरुको शहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here