सुनको भाउ तोलाको ८० हजार नाघ्यो

काठमाण्डौ – सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *