प्रहरीले अश्लिल भिडियो बनाएको अभियोगमा भक्तपुरको सूयबिनायक नगरपालिका–५ कटुन्जेबाट ३ युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, त्यही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन्।
उनीहरु माथी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।