सञ्चारमन्त्रीले राजीनामा दिए,के हो अडियो प्रकरण ?

मुख विपक्षी नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै बिहीबार संसद अवरुद्ध गरेको थियो ।

त्यसक्रममा सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी आएको बताए । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

त्यसको पुष्टि गर्दै बास्कोटाले पनि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु’ उनले ट्वीट गरेका छन् ।

के हो अडियो प्रकरण ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए । तर मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मन मध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै दियो ।

स्वीस कम्पनी यो रेसबाट बाहिरियो । संसदको सार्वजनिक लेखा समितिमा पनि यसबारे उजुरी पर्‍यो ।

बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेसबारे छलफल गर्न समितिको बैठक बोलाइएको थियो । त्यसको अघिल्लो दिन बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनबारे कुराकानीको अडियो लिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *