नेपाल कमर्स क्याम्पसमा एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत

0
171

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् ।

पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो समेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ ।माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई बुधबार मात्र गराएको हो ।आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here