गुण्डागर्दीमा संलग्न व्यक्ति जडिबुटीबाट पक्राउ

प्रहरीले गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक-३ मा घर भएका ३७ वर्षीय पासलाल तामाङलाई अपराध महाशाखाका टोलीले मंगलबार पक्राउ गरेको हो।

विभिन्न व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने र महिलालाई समेत अभद्र व्यवहार गरेको सूचनाका आधारमा उनलाई प्रहरीले काठमाडौं जडिबुटीबाट पक्राउ गरेको हो।

उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ।

यसअघि पनि उनी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तानी भइ छुटेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *