काठमाडौं । काठमाडौं बल्खुको तरकारी बजारमा एक जना मजदुर मृत फेला परेको छ ।
प्रहरीका अनुसार सर्लाहीको बर्थवा घर भएका उमेश महतोको शव भेटिएको हो ।
बजार नजिकै रहेको ८र९ फिट गहिरो तलाउमा महतोको शव भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
महतो २८ माघदेखि हराइरहेको महतोको खोजतलासक उनी पानीमा डुबेको अवस्थामा भेटिएका प्रहरीले बताएकोक छ ।
प्रहरीले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।
तलाउको किनारमा कपडा खोलेर राखेको र सो कपडामा ५÷६ हजार रुपैयाँ पनि बरामद भएको छ प्रहरी अनुसन्धानमा खुल्नको आएको छ ।
मृत्युको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ