काठमाडौँ । मादक पदार्थ सेवन गरेर प्रहरीसँग झगडा गरेको आरोपमा ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ परेका छन् । महराजगञ्ज प्रहरीले लामालाई सोमबार राति पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर सवारी चलाएका लामालाई सांग्रीला होटल अगाडि प्रहरीले रोकेर जाँच गर्ने क्रममा उनले प्रहरीसँग झगडा गरेका थिए ।
सुरुमा प्रहरीलाई पक्राउ परेका व्यक्ति लामा भएको थाहा थिएन । पक्राउ परेपछि मात्र प्रहरीले उनी गुण्डा नाइके लामा रहेको थाहा पाएको थियो ।
लामालाई हाल महानगरीय प्रहरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
अर्का गुण्डानाइके दावा लामाका सहयोगीका रुपमा चिनिएका लामा यसअघि पनि ठगी लगायत विभिन्न मुद्दामा पक्राउ परेर छुटेका थिए ।