डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घट्यो

५ फागुन, काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने साविककै याथावत रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेले बताए ।
