सभामुख कृष्ण बहादुर महरा रिहा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशसँगै निवर्तमान सभामुख कृष्ण बहादुर महरा रिहा भएका छन् । डिल्लीबजार कारागारमा १३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका महरा रिहा भएका हुन्

डिल्लीबजार कारागारबाट रिहा भएपछि उनले कारागारमा सबैबाट राम्रो व्यवहार भएको भन्दै सबैप्रति आभार प्रकट गरे । उनले थप प्रतिक्रिया दिएनन् । ‘प्रहरी साथीहरु, मान्य रेशम चौधरीलगायतसँग राम्रोसँग बसेँ र सबैबाट राम्रो व्यवहार भयो’, महराले भने, ‘बाँकी कुरा पछि भन्छु

महरा बा १८ च ४०० नम्बरको निजी गाडी चढेर कारागार परिसरबाट बाहिरिएका थिए । उनी ललितपुरको खुमलटारमा रहेको निवासमा जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *