बिग वाँस १३ को विजेता सिद्धार्थ शुक्ला

0
63

एजेन्सी । कलर्स टेलिभिजनको चर्चित र लोकप्रिय शो बिग वाँस १३ को विजेता सिद्धार्थ शुक्ला बनेका छन् ।

सिद्धार्थले ५० लाख रुपैयाँ पुरस्कारक साथै एउटा स्वैंकी कार पाएका छन् । करीब साढे चार महिना चलेको यो चर्चित र विवादित रियालिटी शोको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

फाइनल पुग्नेमा शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा थिए । ग्राण्ड फाइनलमा सैैभन्दा पहिला पारस छावडा बाहिरिएका थिए । उनले १० लाख रुपैयाँ लिएर विजेताको दौडबाट आफूलाई अलग गरेका थिए ।

यसपछि जनताको भोटका आधारमा आरती सिंह, रश्मी देसाई र शहनाज गिल यस दौडबाट बाहिरिएका थिए । फाइनलमा यस शोका चर्चित जोडी सिद्धार्थ शुक्ला र आसिम रियाज आमने सामने भएका थिए ।

यिनीहरुको पहिले दोस्ती र पछि दुश्मनीका कारण बिग वाँस धेरै विवादित र चर्चित रह्यो । यिनीहरुबीच धेरै लडाई र झगडा भयो । तर सिद्धार्थ शुक्लाले यो शो जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here