काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा बुधबार नेपालले अमेरिकाविरुद्ध घातक बलिङ गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा अमेरिकालाई १२ ओभरमै ‘अलआउट’ गरेको हो । नेपाली बलरहरुका सामु निरीह बनेका अमेरिकी ब्याट्सम्यानहरुले जम्मा ३५ रनमात्र बनाउन सके ।
अमेरिकाका लागि जाभियर मार्शलले सर्वाधिक १६ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सफल भएनन् । अमेरिकाका चार ब्याट्सम्यानले रनको खातासमेत खोल्न सकेनन् ।
नेपाली बलर सन्दीप लामिछानेले ६ विकेट हात पारे । ६ ओभर बलिङ गरेका उनले १६ रनमात्र खर्चिए । यस्तै सुशन भारीले तीन ओभर बलिङ गर्दै पाँच रन दिएर चार विकेट लिए ।