नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्नाथ दुलाल निर्वाचित

0
48

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्नाथ दुलाल निर्वाचित भएका छन् ।

राजधानीमा आज (मंगलबार) भएको आठौं जिल्ला अधिवेशनबाट दुलाल निर्वाचित भएका हुन् । उनले २ सय ८५ मत प्राप्त गरे ।

दुलालका निकट्तम प्रतिस्पर्धी महेश्वर गौतम ९२ मतले पछि परे । गौतमले १९३ मत पाएका थिए भने दुलालले २८५ मत पाए ।

काठमाडौं शाखाको अन्य सबै पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा मात्र चुनाव भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here