चीनको हुवानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते काठमाडौं ल्याईने

काठमाडौं । सरकारले चीनको हुवानमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते शनिवार काठमाडौं ल्याईने भएको छ ।

हुवानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन । उनीहरुलाई लिन नेपाल एयरलाइन्सको जहाज पठाइने भएको सेतोपाटीडटकमा प्रकाशित समाचारमा उल्लेख छ ।

विद्यार्थीहरुलाई ढिलो ल्याउन ढिलो भएको भन्दै अभिभावकले निरन्तर सरकारलाई दवाव दिईरहेको छ ।

चीनबाट ल्याइने उनीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको भवनमा राखिने तयारी गरेको छ । चीनबाट ल्याइने नेपालीको निगरानीका लागि ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *