काठमाडौं : पूर्व सचिव अर्जुन कार्कीकी पत्नीको हत्याप्रयास भएको छ। सचिव कार्कीकै घरमा काम गर्दै आएका विशाल चौधरीले हत्याप्रयास गरेका हुन्।
सचिव कार्कीकी पत्नी मुनालाई किचेनरुममा मरनासन्न हुने गरी आक्रमण गरेपछि चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।