बम्जन आश्रममा छापा बमजन भेटिएन

हत्या र बलात्कारको आरोप लागेका रामबहादुर बम्जन आश्रममा प्रहरीले छापा मारेको छ । बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा शुक्रबार बिहान प्रहरीले छापा मारेकाे हाे । छापा मारेपनि उनी फेला नपरेको प्रहरीले जनाएको छ ।

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार महामार्ग गुरु भन्ने ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले पक्राउ गरेको छ ।

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले उनलाई पक्राउ गरेको हो । घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा गएका थिए ।

तर नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले कसैलाई पनि पक्राउ नगरिएको बताएका छन् । आश्रममा प्रहरी गएको थियो, उनले भने, ‘त्यहाँ बमजन नभेटिएपछि अरु आश्रममा उनको खोजि भइरहेको छ ।’

बिहीबार जिल्ला अदालत सर्लाहीले बम्जनलाई अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । सोहीअनुसार प्रहरी बमजन आश्रममा पुगेको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *