क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिए

२० माघ, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।

उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् । विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ ।

पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

तर उनले ८ महिनामै राजीनामा दिएका छन् । ‘आईसीसीसमक्ष दिएको राजीनामाको बोधार्थ क्रिकेट संघलाई पनि आएको छ’ क्यान स्रोतले भन्यो ।

मुख्य प्रशिक्षक बनेपछि पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्य सुनाएका थिए । तर साउनमा सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *