भक्तपुरको एक विद्यालयबाट बिद्यार्थी अपहरण, सकुशल उदा्र

आइतबार १२ बजेतिर भक्तपुरको निकोसेरास्थित एक विद्यालयमा २० वर्षीय युवक छिर्छन्।

ती युवकले यूकेजीमा अध्ययनरत एक बालिकाको नाम लिई उपचारका लागि अस्पताल लैजानुपर्ने भएकाले अभिभावकले पठाएर लिन आएको बताए।

अभिभावकलाई ती युवाले राम्रैसँग चिनेका हुन्छन्। त्यत्तिकैमा विद्यालय प्रशासनले विश्वास गरेर ति बालिकालाई युवकसँगै पठायो। ‘युवकको ति बालिकाका बाबुसँग चिनजानकै सम्वन्ध रहेको देखिन्छ, प्रशासनलाई झुक्याएर युवकले बालिका लगेका हुन्’ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले भने।

दिउँसो ३ बजेतिर बालिकाको बाबुलाई फोन गरी नगद सोह्र लाख रुपैयाँ नदिए ज्यान मार्नेसम्मको धम्की आयो। सो धम्कीको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमीका साथै महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोली तत्कालै परिचालन भयो।

फोनको लोकेसन हेर्दै प्रहरी खटियो।

शंका गरिएका स्थानमा खोजतलास गर्ने क्रममा अपहरित बालिकालाई दिउँसो ३ बजेतिर नै उद्दार गर्न प्रहरी सफल भयो। स्कुलका पूर्व विद्यार्थीको सहयोगमा सुर्यविनायकको घ्याम्पेडाँडाबाट बालिकालाई उद्दार गरिएको गिरीले बताए। परिचालित प्रहरीको टोली देखेपछि अपहरण गर्ने ति युवकले बालिकालाई छाडेर भागेका थिए।

बालिकाको उद्दारपछि प्रहरीले अपहरणकारीको खोजतलास गर्ने क्रममा गठ्ठाघरबाट सर्लाही लालबन्दी ५ स्थायी घर भई ठिमी बस्ने अपहरणकारी आशिष थापालाई नियन्त्रणमा लियो।

थापालाई ५ बजेतिर नै नियन्त्रणमा लिइएको नायव उपरीक्षक गिरीले बताए। प्रारम्भिक अनुसन्धानमा आशिष थापा अपहरित बालिकाको नजिकको आफन्त रहेको खुल्न आएको छ। अपहरणमा अरु कसको संलग्नता छ भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *