९ वर्षीया बालिकाद्वारा आत्महत्या

कैलालीमा बुबाको गलबन्दीले झुण्डिएर ९ वर्षीया बालिकाले आत्महत्या गरेकी छन्। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ५ मा झुण्डिएर बिन्दु चौधरीकी ९ वर्षीया छोरी कल्पना (नाम परिवर्तन) ले शुक्रबार आत्महत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्षकुमार बस्नेतले बुवाआमा छिमेकीको मलामीमा गएपछि संगै नलगेको भन्दै बालिकाले घरको कोठामा झुण्डिएर आत्महत्या गरेको बताए। आमाबुबाले आफूहरुसंगै नलगेपछि आक्रोशित भएका उनले टेबुलमाथि चढेर बुबाको गलबन्दीले झुण्डिएर आत्महत्या गरेको बस्नेतले बताए।

बस्नेतका अनुसार झुण्डिएका बेला हजुरआमाले देखेपछि तत्काल उद्दार गरी उपचारका लागि टीकापुर अस्पताल पुगाएपनि उनलाई बचाउन नसकिएको हो। सुदूरपश्चिममा पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएको छ।

प्रहरीका अनुसार हरेक तीन दिनमा सुदूरपश्चिममा चार जनाले आत्महत्या गर्दै आएका छन्। पछिल्लो समय बालबालिकाले आत्महत्या गर्ने क्रम बढेको प्रहरीले जनाएको छ। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *