अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको विवाहको मिति तय भएको छ । प्रेममा रहेको लामो समय पछि टिकाटोलो गरेको यो जोडीले विवाहका विभिन्न मितिहरु सार्दै आएका थिए । 

अब भने यो जोडीले आगामी फागुन १७ मा लगन गाँठो कस्ने पक्का गरेका छन् । टिकाटालो गरेको करिव २ वर्षपछि यो जोडी वैवाहिक बन्धनमा बाँधिन लागेको हो । प्रियंका कार्कीले थाइल्यान्डमा पुगेर केहिदिन अघि मात्रै ब्याचलर पार्टी गरेकी थिईन् । 

आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए । उनीहरूलाई ज्योतिषीले नै यो मितिमा विवाह गर्न सुझाव दिएको बताईएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *