श्रीमतीले धकेलेर ठोकिँदा श्रीमानको मृत्यु

0
187

बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ। सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन्। श्रीमती भने गम्भीर घाइते भएकी छिन्।

माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए। कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

श्रीमान् श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किँएर मृत्यु भएको भन्दै स्थानीयवासीले आज बिहान प्रहरीचौकी बोङगादोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here