नयाँ एक हजारको नोटमा राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीर अंकित डिजाइन

0
41

अब छपाई भएर आउने नयाँ एक हजारको नोट दुई वटा हात्तीको तस्वीर अंकित हुने भएको छ। हाल एउटा मात्रै हात्तीको तस्वीर अंकित रहेकोमा अबका नोटमा दुई वटा जुम्ल्याहा हात्ती रहने भएको हो।

राष्ट्र बैंकले सो डिजाइनको नयाँ नोट छपाईको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइसकेको छ। राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अबको चार महिनामै यी नोट आउने जानकारी दिए। ‘दुई वटा हात्तीको तस्वीर अंकित डिजाइनका ३१ करोड थान नोट छपाईको जिम्मा दिएका हौं’ भट्टले भने।

दसैँताका नै यी नयाँ नोटहरु बजारमा आउने छन्। हात्तीको तस्वीरबाहेक नयाँ नोटमा अन्य कुनै विशेषता भने परिवर्तन गरिएको छैन।

अहिलेको नोटमा भएको हात्तीको तस्वीर विदेशी भएको भन्दै आलोचना भएपछि राष्ट्र बैंकले चितवन राष्ट्रिय निकुन्जमा भएका राम लक्षमण नामका जुम्ल्याहा हात्तीको तस्वीरअंकित डिजाइन गरेको हो।

चितवन राष्ट्रिय निकुन्जमा भएका राम, लक्ष्मण ८ वर्षका भए। हाल छपाईको जिम्मा दिइएको हजारको नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने राष्ट्र बैंकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here