१६ वर्षका पटेलको दुर्घटनामा परी मृत्यु

0
60

पर्साको वीरगन्ज महानगरपालिकामा बिहीबार राति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मुरली चोकदेखि घन्टाघर गइरहेको बा १५ च ७७७१ स्कार्पियो राति सवा ११ बजे सडकको डिभाइडरमा ठोक्किएको थियो।

वीरगन्जमा भएको विवाहमा सहभागी भएर परवानीपुर फर्किन लागेका १६ वर्षका आकाश पटेलले उक्त स्कार्पियो चलाएका थिए।  

दुर्घटनामा परी परवानीपुर नगरपालिका-५ पटेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नारायणी क्षेत्रीय अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएको केहीबेर मै उनको मृत्यु भएको पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर जानकारी दिए।

स्कार्पियोमा सवार बाँकी ४ जना सामान्य घाइते भएका छन्।

‘शवको पोष्टमार्टम हुँदैछ। चालकले मादक पदार्थ सेवन गरेका थिए कि थिएनन् भन्ने त्यसपछि खुल्छ,’ एसपी राठौरले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here