इपिएल) टी-२० क्रिकेट प्रतियोगिताका खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल आउने

0
39

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताका खेल्न वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल आउने भएका छन्। 

क्रिस गेल इपिएल टिम पोखरा राइनोजमा आबद्ध भएको इपिएलले बिहीबार सार्वजनिक गरेको हो। 

टी-२० क्रिकेटका ‘युनिभर्सल बोस’ को उपमा पाएका गेल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतियोगिता खेल्न आउन लागेका हुन्। 

उनले नेपाल आउन पाउदा उत्साहित भएको बताउँदै आफ्नो टिमलाई समर्थन गर्न आग्रह गरेका छन्। 

उनले आफ्नो धमाका हेर्नका लागि नेपाली समर्थकलाई तयार रहन आग्रह गरेका छन्। उनले आफ्नो प्रदर्शनले प्रतियोगिता थप रोमाञ्चक हुने समेत बताए।

४० वर्षीय गेल विश्वका टी-२० क्रिकेट लिगका लागि चर्चित छन्। उनले टी-२० खेलमा ४०४ खेल खेल्दै १३ हजार भन्दा बढी रन बनाएका छन्। जसमा २२ शतक र ८२ अर्धशतक सामेल छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here