गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौँको चाबहिलबाट गैंडाको खागसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको खड्गभद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेको छन् । 
उनीहरुले चाबहिल एरियामा गैंडाको खाग  २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

 खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार  पठाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *