साथीको हत्या गरी फरार भएका बंगलादेशी नागरिक पक्राउ

0
60

काठमाडौँ – आफ्नै साथीको हत्या गरी फरार भएका बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा बसेका दुला मियाँले साथी मोहिद्दिन अहमदको हत्या गरी फरार भएका थिए ।

मोहिद्दिनको माघ ७ गते हत्या भएको हो । हत्यामा संलग्न दुलालाई बुधबार राति पूर्वी नाका काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरी परिषर काठमाडौँका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here