होटलमा बंगलादेशी नागरिकको हत्या

काठमाडौं । काठमाडौंको सोल्टीमोडस्थित एक होटलमा बंगलादेशी नागरिकको हत्या भएको छ । सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा ४५ वर्षीय मोहिद्दिन अहमदको हत्या भएको हो । टाउकोमा बोतल प्रहारबाट हत्या भएका अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् ।

उनको एक साताअघि नै हत्या भएको भएपनि बुधबार मात्र घटना सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी रुगम कुँवरले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।उनीसँगै होटलमा बसेका एक जना फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *