जम्मा ४८ घन्टामा चिनियाँ कामदारले एक हजार बेडको मेडिकल सेन्टर सञ्चालनमा ल्याए

काठमाडौं । चीनले आफुलाई परेको पछिल्लो ठूलो आ पत ब्यवस्थापन गर्न चमत्कार गरेको छ । अहिले चीनमा कोरोना भाइरसको सं क्र मणले सम स्या उत्पन्न गराएको छ । करिब १ सय ५० को ज्यान गइसकेकेको छ भने ५ हजार बढी प्रभावित भएका छन् । कतिपय आन्तरिक हवाई र सडक यातायात समेत बन्द गर्नुपर्ने अवस्था आएको छ ।

चीनले यस्तो अवस्थावाट पार पाउन र कोरोना भाइरसका बिरामीको उपचारका लागि मात्र पहिलोपल्ट कोरोनाभाइरस उपचार गर्ने हस्पिटल सञ्चालनमा ल्याएको छ । जम्मा ४८ घन्टामा चिनियाँ कामदारले एक हजार बेडको मेडिकल सेन्टर सञ्चालनमा ल्याएका हुन् । वुहान सहरमा हस्पिटल बनेको हो ।

चीन सरकारले कोरोनाभाइरसको महामारी रोक्न १० दिनभित्रै हस्पिटल बनाउने घोषणा गरी कामदार खटाएको थियो । सरकारको आदेश आउनासाथ दिनरात नभनी चिनियाँ कामदारले हस्पिटल तयार पारेका हुन् । हस्पिटल बनाउन सयौं डोजर र एस्काभेटर प्रयोग गरिएको थियो । अझै ३ वटा अस्पताल बन्दैछन्।

हस्पिटल तयार हुनासाथ अहिले त्यहाँ कोरोनाभाइरसका विरामी सिफ्ट गरी उपचार थालिएको बेलायती पत्रिका डेलीमेलले जनाएको छ । चीनको वहान सहरबाट फैलिएको कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म एक सय ३१ जनाको मृत्यु भइसकेको छ भने ६ हजार बढीमा संक्रमण फैलिएको छ । अहिले एक दर्जन बढी मुलुकमा यो भाइरस फैलिसकेको छ ।

चीनले कोरोनाभाइरस संक्रमितको छुट्टै उपचार गर्न नयाँ हस्पिटल बनाएको हो । दुई दिनमै एक हजार बेडको हस्पिटल तयार हुनुलाई चीनले प्रविधिमा मारेको फड्कोको रूपमा विश्लेषण गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *