सुर्खेतको वीरेन्द्रनगरमा विहान ६ बजेसम्मका लागि कर्फ्यू

काठमाडौं । टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर दिनभर तनावग्रस्त बनेको छ ।  मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका-३ गौतमचोक नजिकै भे १ख २२४२ नम्बरको टिपरले किचेर भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो ।

टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत आन्दोलन र प्रर्दशन रोकिएको छैन ।आन्दोलनले कर्णाली राजमार्ग का साथै त्यस आसपास क्षेत्रका बजारसमेत बन्द भएका छ ।

प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिँदा समस्या उत्तपन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताएका छन् ।

स्थिति नियन्त्रणमा लिन खोज्दा आन्दोलनकारी प्रहरीमाथि नै जाइलाग्न थालेपछि साढे ६ बजेदेखि लागू हुने गरी विहान ६ बजेसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको छ ।पूर्वतर्फको इत्राम, उत्तरतर्फको कपासे व्यारेक र पश्चिमको बाङ्गेसिमलसम्म कर्फ्यु जारी गरिएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *