राजधानीका विभिन्न स्थानमा ९ घण्टा बत्ती जाने

राजधानीका विभिन्न स्थानमा सोमबार ९ घण्टा बत्ती जाने भएको छ।

चक्रपथ विस्तार कार्यको लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने हुँदा महाराजगजं वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन विहान ७ बजेबाट दिउसो ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सूचना जारी गर्दै उक्त फिडर अन्तर्गत पर्ने वसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरु बत्ती जाने उल्लेख गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *