अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै उजुरी

0
162

काठमाडौं । अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी दिएकी छिन् ।

अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै युवतीले अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन् ।

उजुरीमा अश्लील भिडियोमा अनुहार देखिने गरी सानो क्लिप राखेको र सो भिडियो आफ्नो भन्दै सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएको उल्लेख भएको ब्युरो स्रोतले जनाएको छ । पीडितले उजुरीमार्फत खुलाए अनुसार अश्लील भिडियोमा फेसबुकमा राखिएको आफ्नो भिडियोको सानो क्लिप राखिएको जानकारी दिँदै आफूलाई शंका लागेका व्यक्तिहरुको नाम समेत खुलाएकी छिन्।

अनुसन्धानमा संलग्नस्रोतका अनुसार पीडित महिलाले खुलाएको नामका आधारमा प्रहरीले सामाजिक सञ्जालमा सो भिडियो फैलाउन सक्रियको खोजी सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here