दीपक मनाङेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

0
19
FILE: State assembly member Rajiv Gurung (left) and ANFA Kaski President Milan Gurung. Photos: Bharat Koirala/THT

काठमाडौं : गण्डकी प्रदेशका सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् । पोखराको गैह्रापाटनबाट मिलनलाई पक्राउ प्रहरीले जानकारी दियो ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । यसअघि मिलनले कुटपिटको आरोपमा उजुरी दिएपछि मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here