भक्तपुरमा छुरा प्रहारबाट एक किशोरको मृत्यु

0
154

भक्तपुर — भक्तपुर नगरपालिका–६ भोलाछेंमा छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ भक्तपुर–१० चोखा कमलविनायकका १५ वर्षीय रोहन सुवालको छुरा प्रहारबाट मृत्यु भएको हो । प्रहरीले छुरा प्रहारमा संलग्न १५ र १६ वर्षीय दुई किशोरलाई सिद्वपोखरीस्थित कान्तिपुर गेष्ट हाउसबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताए।

प्रहरीका अनुसार ४/५ जना सँगै बसेर मदिरा सेवन गरेको र सामान्य विवादका कारण सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
छुरा प्रहारबाट सख्त घाइते सुवाललाई भक्तपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरिक्षक प्रधानले बताए। प्रहार गरेको छुरा कालोपाटीबाट बरामद भएको समेत उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here