काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट डेढ करोड मूल्य बारवरको मोवाईलसहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौं ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ का इन्द्रबहादुर कटुवाल छन ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीका ६३४ थान मोबाइल चन्द्रागिरी २ को चेकप्वाइन्टमा भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको कारबाट उक्त रकम बराबरको मोबाइल बरामद गरेको हो ।
सामसङ, ओप्पो, आइफोन, लेनोभो, नोकिया, हुवाई, नोकिया लगायत १८ ब्राण्डका ६३४ वटा मोवाइल बरामद गरिएको थियो साथै मोबाइलसँगै एलसिडी तथा टच स्क्रिन कभर पनि बरामद भएको छ ।
उक्त मोबाइलको बिल भर्पाई नभएको र उक्त मोवाइलहरूको अनुमानित बजार मूल्य १ करोड ५० लाख रहेको प्रहरीले जनाएको छ ।