दीपक मनाङे विरुद्ध मुद्दा दर्ता पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्ने

कास्की। एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलार्ई हातपात गरेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे विरुद्ध मुद्दा दर्ता भएको छ ।  

 मंगलबार मनाङेबाट तीन मुक्का  खाएका मिलन गुरुङले कुटपिट तथा दुव्र्यवहार भएको भन्दै कास्की प्रहरीमा उजुरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले मनाङे विरुद्ध उजुरी परेको पुष्टी गरेका छन् । 

 गुरुङलाई पूर्व गुण्डा नाइके मनाङेले प्रतियोगिता स्थलमा मंगलबार हातपात गरेका थिए । 

 आफ्नो जिल्ला मनाङबाट आएको टोलीलाई प्रतियोगिता सुरु हुनपुर्व देखीको होटलको व्यवस्थासँगै अभ्यासको लागि मैदान उपलव्ध नगराएको भन्ने विषयमा गाली गलैज गर्दै मनाङेले गुरुङलाई हातपात गरेका थिए । मनाङेले बिभिन्न संचारमध्यममा गर्वका साथ हातपात गरेको भनेका थिए।

 पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कशुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी कास्की प्रहरीमा निवेदन दिएका हुन् । मनाङेबिरुद्द उजुरी दर्ता सँगै अब प्रहरीले पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्ने छ।

 गर्बका साथ हातपात गरेको दाबी गर्ने मनाङे सांसद बने पनि अब सुध्रिने अवस्था नदेखिएको र उनलाई पक्राउ गरेर कानुनी पाठ सिकाउनु पर्ने अवस्था आएको कास्की प्रहरीका एक अधिकारीले वताए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *