विश्व क्रीकेट लिग दुई अन्तर्गत माघ २२ गतेवाट नेपाल,अमेरिका र ओमान सम्मिलित त्रीकोणात्मक सिरिज हुदैछ।
करिब साढे दुई वर्षपछी घरेलु मैदानमा हुन लागेकोले यसलाई महत्वका साथ हेरिएको छ।त्यसैले यो प्रतियोगितालाई कसरी सफल पार्नेबारे भन्नेमा संघका पदाधिकारीबिच छलफल भैरहेको छ।त्यसैले पनि यो प्रतियोगितालाई लक्षित गरेर तीन समिती बनाएर काम भैरहेको छ।
प्रतियोगिताको लागि मैदानका सबै पिच मर्मत भैरहेको छ।तर प्रतियोगितामा तीन पिच प्रयोग हुनेछ।प्रतियोगितामा हरेक खेलमा फरक फरक पिच प्रयोग हुनेछ।मैदानमा निरन्तर काम भैरहेको बेला पिचमा दुबो रोप्नुका साथै पिच नै नया बनाइएको छ।जसका लागि आइसिसी क्युरेटर नेपालमा रहेका छन।
प्रतियोगिताको लागि सुरक्षा ब्यवस्था कडा बनाइने छ।करिब ७०० सय सुरक्षाकर्मी प्रयोग हुनेछन।जसमा तीन लेभलमा सुरक्षा ब्यवस्था राखिनेछ।पहिलो लेभलमा दर्शकको नजिकै,दोस्रो लेभलमा दर्शकको बीच भागमा र तेस्रो लेभलमा दर्शकको पछाडीको भागमा हुनेछ।जसमा जनपथ अन्तिम भागमा हुनेछ।
मैदानमा दर्शकको कुनै त्यस्तो घटना नहोस भनेर सुरक्षा ब्यवस्था कडा पारिनेछ।यतिमात्र होइन मैदानमा सिसिटिभी फिट हुनेछ।
दर्शकको लागि टिकटको ब्यवस्था हुनेछ।त्यसका बारेमा क्यानले केही दिनमा जानकारी गराउनेछ।प्रतियोगिताको लागि ओमान र अमेरिकाको टिम घोषणा भैसकेको छ।नेपालले २२ गते ओमानसङ्ग खेल्नेछ।



