उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने

उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने तयारी गरेकी छन्।

संसद सचिवालय  स्रोतका अनुसार उनले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी हुन्।

संसदको बैठक १ बजे बस्दैछ।

संसद बैठक सुचारू हुनुभन्दा पहिला राजीनामा दिने संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले सेतोपाटीलाई बताए।

आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *