त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किए

0
101

सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन्।

जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ।

दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन्। 

क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here