त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल विनय लामिछानेविरुद्ध हत्याको मुद्दा

0
38

धादिङ । आर्थिक बोझका कारण परिवारसहित त्रिशूली नदीमा हामफालेर पनि बाँच्न सफल काठमाडौं थानकोटका विनय लामिछानेविरुद्ध प्रहरीले हत्याको मुद्दा अगाडि बढाएको छ ।

उनीसँगै हामफालेका उनकी श्रीमती र दुई नाबालक छोराको मृत्यु भएकाले उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ५, थानकोट निवासी ३८ वर्षीय लामिछाने सामूहिक आत्महत्या गर्न भनेर गत बिहीबार साँझ २८ वर्षीया श्रीमती जमुना तथा ६ महिना र २ वर्षका दुई छोरासहित त्रिशूली नदीमा हामफालेका थिए ।

धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट त्रिशूलीमा हामफालेका उनीहरूमध्ये श्रीमती जमुना त्यही दिन मृत भेटिइन् भने दुई बालक अझै बेपत्ता छन् । विनयलाई भने प्रहरीले जीवितै उद्धार गरेको थियो ।
बिहीबार तत्कालै घटनास्थल पुगेको प्रहरी स्थानीय ¥याफ्टिङ व्यवसायीको सहयोगमा विनयलाई जीवितै उद्धार गर्न सफल भयो तर श्रीमती जमुना र बच्चाहरूको उद्धार गर्न सकेन । जमुनाको शव ३ सय मिटर तल फेला प यो भने दुई बच्चा बेपत्ता भए ।

‘श्रीमती परिपक्व उमेरकी भएकाले उनका हकमा विनयविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने देखिए पनि दुई नाबालक छोराको त उनले सीधै हत्या गरेको ठहर्छ,’ आइतबार बिहान एसपी रेग्मीले ‘फेरि उनकी श्रीमतीले पनि आत्महत्या नै गरेको हो भन्ने पुष्टि भएको अवस्था होइन, पछि पुष्टि भएछ भने अर्कै कुरा, नत्र अहिले विनयले श्रीमती समेतको हत्या नै गरेको देखिन्छ ।’

पश्चातापमा विनय
त्रिशूलीमा हामफालेर पनि बाँच्न सफल विनय अहिले धादिङको गजुरी इलाका प्रहरी कार्यालयको हिरासतमा छन् । उनको स्वास्थ्य सामान्य रहेको कार्यालय प्रमुख डीएसपी खगेन्द्रराज खड्काले जानकारी दिएका छन् । ‘हामाफाल्दा घुँडा, कुहिनालगायतमा लागेका सामान्य चोटपटक बाहेक उनलाई केही भएको छैन,’ डीएसपी खड्काले भने ।

उक्त घटनापछि विनय अहिले पश्चातापमा रहेको प्रहरीले जनाएको छ । उनले आफूहरुले सल्लाहमै त्रिशूलीमा हामफालेको भए पनि आफू मात्र जीवित हुँदा श्रीमती र दुई सन्तानप्रति आफूबाट ठूलो अन्याय भएको बताउने गरेका छन् । उनले आफूलाई आजन्म काराबासको सजाय दिन माग गरिरहेका छन् ।श्रोत नयाँ पेज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here