आजदेखि मौसममा सुधार हुने भनिएपनि नयाँ पश्चिमी बायुको प्रभावले फेरि केही दिन बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुको प्रभावले देशका अघिकांश स्थानमा भोलिसम्म मौसम बदली हुनेछ ।
मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी नयाँ बायु फेरि नेपालको पश्चिम भूभागमा प्रवेश गरेकाले भोलिसम्म मौसम परिर्वतन हुने भएको हो ।
आज जस्तो भोलि मौसम सक्रिय छैन, मौसमविद् वासीले भनिन्– उपत्यकासहित पश्चिमका विभिन्न स्थानमा पानी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेका छ । उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ ।
राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पीश्चमी पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
आज देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् वासीले जानकारी दिइन् ।