प्रियंका कार्की साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा

काठमाडौं – यतिबेला अभिनेत्री प्रियंका कार्की साथीहरुसँग थाइल्याण्डमा ब्याचलर पार्टीमा रमाई रहेकी छन् । प्रियंकाले घन्टौंपिच्छे इन्स्टाग्राम स्टोरीमा साथीहरुसँग थाइल्यान्डको समुन्द्री तटमा रमाइरहेको तस्विरहरु सेयर गरिरहेकी छन् । तस्विरमा उनी साथीहरुसँग मस्ती मुडमा देखिएकी छन् । प्रियंकाले क्रुजमा खिचेको एक तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्विरमा उनी रातो विकिनीमा देखिएकी छन् । उनका साथीहरु पनि बोल्ड अवतारमा देखिएका छन् ।

सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले प्रियंकाका लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएका छन् । अभिनेत्री कार्कीले साथीहरुसँग रमाइरहेको तस्विर साझेदार गर्दै ‘आफ्नो परिवार’ भनेकी छिन् । उनीहरु एक हप्ताको ट्रिपमा ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेका हुन् । अभिनेत्री प्रियंका कार्की चाँडै आयुष्मान देशराज जोशीसँग विवाह गर्दैछिछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *