विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन

केही समय होचा व्यत्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष आइसियु मा भर्ना भएका थापा मगरको शुक्रवार दिउसो ३ बजे निधन भएको खगेन्द्र थापा मगर प्रतिष्ठानका सदस्य दीननाथ बरालले जानकारी दिए । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।

बाग्लुङ धुल्लुवासकोट ६ का खगेन्द्र थापा मगर ले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च रहेका थापालाई वल्र्ड रेकर्ड टोलीले परीक्षण पश्चात विश्वकै सानो बच्चाको उपाधि दिदै मेडल दिएका थियो ।

धुल्लुवासकोट स्थायी घर भएका खगेन्द्र पोखराको सृजनाचोकमा बस्दै आएका थिए । रूप बहादुर थापा मगर र धनमाया थापा मगरका पुत्रका रुपमा खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र तौल ६ सय ग्राम मात्र थियो । उनको अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *