काठमाण्डौ – गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिनुभएको छ ।
विमानस्थल प्रहरी कार्यालयले उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ।
श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजरी दिनुभएको हो । गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।