कुपन्डोलको बजाज सेन्टरमा भीषण आगलागी

0
57
File

ललितपुर –  ललितपुरको कुपन्डोलस्थित बजाजको स्पेयर पार्ट्स राखिएको सेन्टरमा भीषण आगलागी भएको छ। राति ८ बजेपछि लागेको आगोले भीषण रुप लिएपछि काठमाडौं र ललितपुरका दमकल आगलागी स्थलमा पुगेका थिए ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार कुपन्डोल पुल नजिकैको बजाज सेन्टरमा आगलागी भएको हो। राजधानीमा दिउँसोदेखि झरी परिरहेको छ। झरीले मौसम चिसिएको अवस्थामा पनि सल्किएको आगो ठूलो स्वरुपमा फैलिएको थियो ।

आगलागीको कारण न खुलेपनी लगभग एक घण्टाको अथक प्रयासबाट आगो नियन्त्रणमा आएको थियो। क्षतीको विवरण आउन बाकि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here