उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने घोषणा

काठमाडौं – उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने घोषणा गरेकी छन्। उनले पदबाट राजीनामा नदिने घोषणा गर्दै पार्टीको निर्णय समेत आफूलाई थाहा नभएको बताएकी छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए लगत्तै उपसभामुख तुम्बाहाङफेले विभिन्न सञ्चार माध्यमलाई जानकारी गराउँदै पदबाट राजीनामा नदिने घोषणा गरेकी हुन्।

पार्टी सचिवालय बैठकले राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ अब के गर्नुहुन्छ भन्ने नेपाल आजको प्रश्नको जवाफमा उनले राजीनामा नदिने जानकारी गराइन्। ‘पार्टी निर्णयबारे मलाई केही जानकारी छैन’, तुम्बाहाङफेले भनिन्, ‘म राजीनामा दिन्‍नँ।’

यसअघि पनि उनले आफूमाथि राजनीतिक हिंसा भएकाले पदबाट राजीनामा नदिने बताउँदै आएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *