भ्वाइस अफ नेपालको विजेता राम लिम्बु

काठमाडौं । राम लिम्बू ‘भ्वाइस अफ नेपाल’ सिजन दुईको विजेता बनेका छन् । फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी  विकास लिम्बू, सनिश श्रेष्ठ र आरिफ रौफ लाई पछि पार्दै राम विजेता भएका हुन् ।

उनले विजेताको टाइटलसँगै ड्याट्शनको कार, १२ लाख रुपैयाँ नगद तथा एल्बमको कन्ट्रयाक पाएका छन् । राम टिम प्रमोदबाट हुन् । 

काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा भएको ग्रान्ड फिनालेबाट विजेता घोषणा गरिएको हो । 

ग्रान्ड फिनालेमा लाइभ सोमा पुगेका प्रतिस्पर्धीसहित गत वर्षका विजेतासहित फाइनलिष्टले पनि प्रस्तुती दिएका थिए । 

‘भ्वाइस अफ नेपाल’ सिजन–१ को विजेता सिडी विजय अधिकारी भएका थिए । उनी कोच दीप श्रेष्ठको टिमबाट विजेता भएका थिए । 

सिजन–१ मा कोचमा दीप श्रेष्ठ र प्रमोद खरेलसँगै सनुप पौडेल र अभया सुब्बा थिए । अभया र सनुपका ठाउँमा सिजन–२ मा राजु लामा र आस्था राउत भित्रिएका थिए । 

‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेल हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *